काभ्रे । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझ भएको रिजर्भ बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान सल्लाफेदमा भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म १३ जनाको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी ढुन्डी राज न्यौपानेका अनुसार दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये १३ जनाको मात्रै पहिचान खुलेको हो । दुर्घटनामा मृत्यु हुनेहरु बनेपा नगरपालिका–११ सल्लेका सबैभन्दा बढीको मृत्यु भएको छ ।
पहिचान खुलेको मृतकहरु बनेपा नगरपालिका–१४ का राजकुमार तामाङ, ७९ वर्षीया निर्मला तामाङ, बनेपा नगरपालिका–११ का योगेश तामाङ, बनेपा नगरपालिका–११ का ंकुर तामाङ, बनेपा नगरपालिका–११ का अंकुर तामाङकी श्रीमती हेमा तामाङ, बनेपा नगरपालिका–११ का पुष्कर तामाङ, बनेपा नगरपालिका–११ की कोपिला तामाङ, बनेपा नगरपालिका–११ की कोपिला तामाङकी ६ वर्षीया छोरी श्रेया तामाङ , मण्डनदेउपुर नगरपालिका–१ की जेली तामाङ, ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती– ४ बस्ने बस चालक सन्तोष तिमल्सिना, धुलिखेल नगरपालिका–११ का बु्द्ध तामाङ, बेथानचोक गाउँपालिका–५ की मञ्जु तामाङ र बनेपा नगरपालिका–१४ की गीता श्रेष्ठ रहेको बताइएको छ ।
मृतक अन्य चारको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २२ जना घाइतेमध्ये धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, भक्तपुर र काठमाडौंको न्यूरोलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया