सम्पत्ति शुद्धीकरण हेर्न राष्ट्र बैंकमा छुट्टै महाशाखा

काठमाडौं । नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण हेर्ने छुट्टै महाशाखा स्थापना गरिने भएको छ ।सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्न महाशाखा गठन गर्ने निर्णय भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले शंकास्पद वित्तिय कारोबारहरुको विशिष्टिकृत सुपरीवेक्षण गर्नेछ । राष्ट्र बैंकले कालोधन खोज्ने विशेष भूमिका खेल्ने योजनासहित छुट्टै महाशाखा खडा गरेको हो । राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि बैंकभित्र छुट्टै विशिष्टिकृत सुरपरीवेक्षकीय संरचना स्थापना गर्न लागेको जनाएको छ।

प्रतिक्रिया