एनआईसी एसिया ९९९ वैदेशिक रोजगार डिम्याट खाता

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका नेपालीलाई न्यून शुल्कमा डिम्याट खाता खोली नवीकरण गर्ने झन्झटबाट मुक्त हुन एनआईसी एसिया क्यापिटलले ‘एन आई सी एशिया ९९९ वैदेशिक रोजगार डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्ने व्यवस्था गरिसकेकाले वा साथै यस योजनाअन्तर्गत हाल सञ्चालनमा रहेका खातावालाले समेत मात्र ९ सय ९९ भुक्तानी गरी डिम्याट खाता लाइफटाइमको लागि नवीकरण गर्न सक्नेछन् ।

प्रतिक्रिया