मंगलमको प्रोड्रेन पाइप

काठमाडौ । मंगलमले प्रोड्रेन पाइप प्रयोग गर्न उपभोक्तालाई सुझाव दिएको छ । भूमिगत जल निकासका लागि माटोको पाइप, फोहोर निकासका लागि बेग्लै पाइप, भेन्टिलेसनको लागि भेन्ट पाइप, वर्षाको पानी संकलनको लागि डाउनस्पाउट पाइपको प्रयोग गर्नुपर्ने पनि उस्ले जनाएको छ ।

मंगलम प्रोड्रेन पाइपहरू आइएस ः १३५९२ अनुसार रिङफिट र सेल्फिट दुवैमा ‘टाइप ए’ र ‘टाइप बि’ गरि दुई फरक प्रकारमा उत्पादन हुने गरेको छ । टाइप ए का पाइपहरू भेन्टिलेसन र वर्षाको पानी संकलनमा प्रयोग गरिन्छ भने टाइप बि का पाइपहरू माटो र फोहोर निकासी अनुप्रयोगको लागि प्रभावकारी हुने बताइएको छ ।
मंगलमका सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाउने गरिएको छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया