प्रतिनिधि सभा समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ । जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा छ। अब समानुपातिकतर्फ पनि स्याङ्जा–२, बाजुरा र दोलखामा मात्र गणना सम्पन्न हुन बाँकी छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ मतगणना भएको छ। जसमा २८ लाख १४ हजार ६५५ मत प्राप्त गर्दै एमाले पहिलो नम्बरमा छ ।

यस्तै दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ भने ११ लाख ६४ हजार १०२ मत ल्याउँदै माओवादी तेस्रो स्थानमा रहेको छ ।

यस्तै चौथो रहेको राष्ट्रिय स्वतन्त्र दलले ११ लाख २४ हजार ७७८ मत पाएको छ भने ५ लाख ८६ हजार ८१६ मत ल्याउँदै राप्रपा पाँचौं स्थानमा छ। यस्तै जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । सीके राउत नेतृत्वको जनमत पार्टी ३ लाख ९४ हजार ५३८ भोट ल्याउँदै सातौं स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत ल्याएको छ ।

प्रतिक्रिया