चुनावको सन्देश : ओली अस्वीकार, एमाले स्वीकार

त्यो बेला मान्छेहरु मनमोहन अधिकारी र मदनभण्डारीहरु हेरेर कम्युनिष्ट बन्थे । उनीहरुको बेदागी र वेस्वार्थी भावनाका कारण त्यो जगमा बनेको एमाले हो । सबै पार्टीका नेताले एमालेका नेताहरु देखाउँथे र भन्थे त्यस्तो पो हुनुपर्छ । तल्लो निकायमा पनि यो क्रम बढ्यो र नेपालमा एउटा सम्मानित र जनआधरित पार्टी बन्यो एमाले । तर अहिले एमाले बन्न् कस्सिएर आएको मान्छे ओलीको नाम देखाएपछि नाक खुम्च्याउछ, ओठ लेपार्छ र त्यसै फर्कन्छ

काठमाडौं । बहुदल आएपछि नेपालमा कम्युनिष्टको पालुवा पलाएको बाहिर देखियो । भित्र–भित्र गुम्सिएर बनेको पालुवा ०४६ सालमा बहुदल स्थापना भएपछि बाहिर पातका रुपमा हरियाली छाए ।

२००४ सालमा स्थापना भएको नेपाली कांग्रेस त्यो बेलासम्म कम्युनिष्टले बुढाबुढी मार्छन्, लगायतका अनेक नारा लगाएर विरोध गर्दथ्याे । बहुदल प्राप्तपछिको चुनावमा कुनै बेलाको फासिस्ट तानशाहका कुरा ल्याएर नेपालका कम्युनिष्टलाई दाँजो गर्नै काम कांग्रेसले त्यो बेलाको राजनीतिक बजारमा छ्यापछ्याप्ती बेचेको थियो ।

कहिले काहीँ भ्रमको खेती चिर्न पनि एकदम कठिन हुने कुरा त्यसबेलाका घटना आफैँ बोल्दा रहेछन् । त्यसबेला कम्युनिष्टहरुले अरु उदाहरण दिन कठिन थियो । तर, त्यो भ्रम चिर्ने एक पात्र थिए – दाह्री फुलेका एक वृद्ध कम्युनिष्ट मनमोहन अधिकारी । त्यसबेला कम्युनिष्टहरुले हाम्रा नेता यस्ता बुढा छन् कसरी कम्युनिष्टले बुढाबुढी मार्छन् भन्दै खण्ड गरेका थिए ।

मनमोहन अधिकारी एमालेका अध्यक्ष थिए , उनको यो कार्यकालमा भएको चुनावमा उनी त्यसबेला उदाहारणका लागि देखाउने पात्र थिए । अर्थात त्यो बेला मान्छेहरु मनमोहन अधिकारी र मदनभण्डारीहरु हेरेर कम्युनिष्ट बन्थे । उनीहरुको बेदागी र वेस्वार्थी भावनाका कारण त्यो जगमा बनेको एमाले हो ।

सबै पार्टीका नेताले एमालेका नेताहरु देखाउँथे र भन्थे त्यस्तो पो हुनुपर्छ । तल्लो निकायमा पनि यो क्रम बढ्यो र नेपालमा एउटा सम्मानित र जनआधरित पार्टी बन्यो एमाले ।तर अहिले एमाले बन्न् कस्सिएर आएको मान्छे ओलीको नाम देखाएपछि नाक खुम्च्याउछ, ओठ लेपार्छ र त्यसै फर्कन्छ ।


जबसम्म पार्टीले लेनिनवादी संगठनको अवधारणा अवलम्बन गरेको थियो त्यसबेलासम्म एमाले समाजमा बाटो देखाउने पार्टी थियो । संगठनका कार्यकाताहरु पाउन होइन दिनका लागि पार्टीमा लाग्थे । यसरी यो पार्टीको अकर्षण बढ्यो । पछिल्लो पल्ट पार्टीको नेतृत्वमा ओली हाबी हुन थालेपछि विस्तारै संगठनको गुणस्एतरमा गिरावट आयो ।

मदन भण्डारीको दासढुंगा रहस्यमय दुर्घटनामा निधन भएपछि नेतृत्वलाई आफू अनुकल बटार्ने प्रयास भए । त्यसबेला माधवकुमार नेपाल नेतृत्वमा वामदेव गौतम, प्रदिप नेपाल , ईश्वर पोखरेल र केपी ओली मिलेर अल्पमतमा परेका सीपी मैनाली पक्षमाथि पेल्ने काम भयो । जसका कारण नेतृत्व प्रति विस्तारै विश्वास घट्दै गयो ।

पार्टीको पाँचौँ महाधिवेशनमा मदनभण्डारीको जवज कार्यक्रमको बिपक्षमा सीपी मैनालीले परिमार्जित नौले जनवाद कार्यक्रम महाधिवेशनमा पेश गरेका थिए । तर त्यो अस्विकृत भयो । तर, भण्डारीले त्यसलाई सहजरुपमा लिँदै पार्टीमा अल्पमतको उचित सम्मानका कुरा अगाडि ल्याएर र उचित सम्मान गर्दै सीपी पक्षका नेताहरु पनि पार्टीको पोलिटब्युरोमा लगेका थिए ।

पार्टीको आठौँ महाधिवेशनसम्म आन्तरिक लोकतन्त्र यति बलियो थियो कि अरु पार्टीले यो देखेर ईष्यानै गर्थे । झलनाथ खनाल आफैँ संस्थापन र अध्यक्ष हुँदाहुँदै आयोजना गरेको सो महाधिवेशनमा उनी आफैँ झण्डै हार्न पुगेका थिए ।

तर, पार्टीको नेतृत्व ओलीको हातमा गएपछि आन्तरिक लोकतन्त्र मर्न थाल्यो। ओलीका आलोचकमाथि तल्ला कमिटीसम्म राता नजर लाउन थालियो । पार्टीमा हुने संस्थागत आकर्षणले ठाउ सरेर व्यक्तिनै सबै हो भन्नेमा ओली नेतृत्वले वातावरण तयार गर्यो । पार्टीमा कुनै काम गर्नु नपर्ने ओलीको वरीपरी बसेर फिरी लगाएपछि त्याग समपर्ण त्यसैमा देखिन थाल्यो । ओलीका अगाडि पछाडि पार्टीका कार्यकर्ता होइन, बिचौलिया, ठेकेदार र दलालको तात्ती लाग्न थाल्यो । तिनले एमाले पार्टी होइन, ओली महान भनेर देवत्वकरण गर्ने काम गरे ।

पार्टीको नियुक्तिलगायत निर्वाचनका लागि उम्मेदवार छान्ने काम पार्टीमा रहेन । त्यो सरेर ओलीमा गयो । ओलीले आफ्नै घर खेत र पूख्र्योली सम्पतिबाट दिए झैँ गरी यसपटकको निर्वाचनमा टिकट बाँडेर त्यो उदारण पेश गरेका छन् । तर, परिणामले ओलीसहितको एमाले उत्थानको कुरा अस्विकार गरेको छ । एमालेको संगठन अझै पनि बलियो छ भन्नेमा यो चुनावले पनि पुस्टि गरेको छ । तर, यसलाई उभो लगाउन कि ओली बिनाको एमाले हुनेछ, कि ओलीले सिध्याएको एमाले हुने छ ।

ओलीका नामका कारण यसपटक एमालेको बहुमत रोकिएको छ । जनताको एमालेप्रति होइन, ओलीप्रति घृणा छ भन्ने उदाहरण प्रष्ट भएको छ । जनताले एमालेको पक्षमा मतदान गरेका छन् । किन देशमा एमाले पार्टी छ । तर, अब देशमा ओली नामका प्रधामन्त्री देख्नुपर्ने छैन । यो चुनावको सन्देशले एमालेको यही तस्विरले देखाएको छ ।

प्रतिक्रिया