केपी ओलीलाई भेट्न बालकोट पुगे प्रकाशमान सिंह

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । केपी ओलीको निवास बालकोटमा दुई नेताहरूले भेटवार्ता गरेका हुन् ।

ओलीलाई भेट्न सिंह आइतबार साँझ बालकोट पुगेका थिए । भेटमा चुनाव जितेकोमा एक अर्कामा बधाई साटासाट भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए ।

भेटमा सामान्य चुनावी समीक्षा र समसायमिक राष्ट्रिय राजनीतिको बारेमा दुई नेता बीचमा कुराकानी भएको लामिछानेले बताए ।

प्रतिक्रिया