रौतहट ३ मा प्रभु साह निर्वाचित

काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार प्रभु साह निर्वाचित भएका छन् । साह स्वतन्त्र उमेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । नेकपा (माओवादी केन्द्र)का उमेदवार रवीन्द्र पटेलले ३ हजार ६५८ मत प्राप्त गरेका छन् । साह नेकपा (एमाले) छाडेर स्वतन्त्र उमेदवार बनेका थिए ।

प्रतिक्रिया