प्रुडेन्सियल इन्स्योरेन्समा दुई संचालक थप

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सञ्चालक समिति सदस्यमा दुई जना थप गरेको छ । कम्पनीले सर्वसाधारण र संस्थापक सेयरधनीको तर्फबाट एक–एक जनालाई सञ्चालक समितिमा ल्याएको हो । कम्पनीका अनुसार संचालक समितिमा विवेक बिजुक्छे र नमिता शर्मा नियुक्त भएका हुन ।

कम्पनीको संस्थापक समूह क बाट बिजुक्छे र सर्वसाधारण समूहबाट शर्मालाई संचालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । कम्पनीे संचालक समितिको बैठकले दुई जनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया