मनकामना केवुलकार २५औँ वर्षमा

काठमाडौं । मनकामना केवुलकार २५ वर्षमा प्रवेश गरेको छ । २०५५ मंसिर ८ देखि सञ्चालनमा आएको केवलरकाले अहिलेसम्म एक करोड ७० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरेको जनाएको छ ।

चितवनको ईच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकामा जोडिएको केवलकारले कूल आम्दानीको एक एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तरगर सोही क्षेत्रमा खर्च गर्दै आएको छ । त्यसैगरी केवलकारले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागेको पनि कम्पनीले जनाएको छ ।

२५ औ बर्षको अवसर पारेर यसै समूहको भ्रातृ कम्पनी रिसोर्टस बाई मनकामना केवल कार प्रालिले मनकामनामा ४० कोठाको रिसोर्ट पनि निर्माण गर्न लागेको जनाएको छ । यसको लागत ४८ करोड रुपैयाँ रहेको उल्लेख छ ।

प्रतिक्रिया