बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् । जोशीले २८ हजार १ सय४३ मत ल्याएर विजयी भएका हुन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १ सय ४५ मत पाएका छन् ।
प्रदेशसभा सदस्य (२) मा गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका युवा नेता भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।भण्डारीले १३ हजार ८७९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार लालबहादुर रावलले ११ हजार तीन सय ३७ मत प्राप्त गरेका छन् । उनीहरुको मतान्तर दुई हजार पाँच सय ४२ रहेको छ ।
त्यस्तै बझाङ प्रदेश सभा (१)मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका छन । सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतले पराजित गर्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १७ हजार १सय १२ मत प्राप्त गर्नुभयो भने एमालेका नेता ओखेडाले १३ हजार३सय ६६ मत प्राप्त गरे ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) नेपालका कर्णबहादुर खड्का ४ सय २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हरिलाल भट्टराईले ४ सय ४ मत प्राप्त गरे ।
बझाङ
प्रतिक्रिया