लमजुङ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । पौडेलले ७ सय ५४ मतान्तरले नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाउदा एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
सुरुवामा एमालेका अधिकारी अगाडि रहेपनि अन्तिममा बेंसीशहर नगरपालिकाको मतगणना गर्दा पौडेल अगाडि आएका हुन् ।
बेंसीशहर नगरपालिका ७ का पौडेल नेपाली कांग्रेस लमजुङका पूर्व सभापति हुन् । उनी व्यवसायीको रुपमा परिचित छन् ।
प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले १ हजार ९ सय ५७, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४, जनता समाजवादी पार्टी नेपालका युवराज दुराले २ सय ४१ मत र नेपाली कांग्रेस (वीपी) का नवराज बसौलाले १ सय ४५ मत पाएका छन् ।
कुल ४१ हजार ८ सय ५७ मतमा ४१ हजार १७ सदर र ८ सय ४० बदर भएको छ ।
लमजुङ
प्रतिक्रिया