मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ युवा नेता महेशकुमार बर्तौला विजयी भएका छन् । बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरी विजयी भएका हुन् । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री सत्ता गठबन्धनका उम्मेदवार बिरोध खतिवडा ४ हजार २२० मतले पछि परेका हुन् । खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्न सफल भएका छन् ।
यस क्षेत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२३९ मत पाएका छन् । कुल ८६ हजार ६ सय ५२ मत खसेको ८६ हजार ३ सय ३ गन्दा बर्तौलाले उत मत पाएका हुन । हालसम्म मकवानपुर २ मा ४ हजर १०२ मत बदर भएको छ । आयोगले आधिकारिक बिजयि घोषणा गर्न बाकी छ ।
मकवानपुर
प्रतिक्रिया