झापा–५ मा एमाले अध्यक्ष ओली विजयी

झापा । झापा क्षेत्र नङ्गबर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा औएमालेओ का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार ६ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् ।

अध्यक्ष ओली योसँगै ६ पटक विजयी भएका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।

प्रतिक्रिया