रुकुम पूर्वबाट माओबादी केन्द्रका पूर्ण बहादुर घर्ती निर्वाचित

रुकुम पूर्व । रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा माओबादी केन्द्रका पुर्ण बहादुर घर्ती विजयी भएका छन् । सानदार मतसहित घर्ती प्रतिनिधिसभामा विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्ललाई घर्तीले फराकिलो मतान्तरले पराजित गरेका छन । लुम्बिनी प्रदेशका संस्थापक सभामुख समेत रहेका घर्ती माओबादी केन्द्रका प्रभावशाली नेता हुन् ।

विजयी भएका घर्तीले १२ हजार २ सय ६२ मत प्राप्त गर्दा मल्लले ५ हजार २ सय ११ मत ल्याएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए । घर्तीले मल्ललाई ७ हजार ५१ मतले पराजित गरेका छन् ।

उनका अनुसार स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ८ सय ९६, मंगोल नेशनल अर्गनाइजेसनका रतन बुढाले ४ सय ६४ र राप्रपाका खिम बहादुर खत्रीले ५ सय ८६ मत प्राप्त गरेका छन् ।

नेश्रलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३ सय ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३४ हजार १ सय १२ मतदाता संख्या रहेकामा यहाँ २१ हजार ९० मत खसेको थियो । २०७४ को चुनावमा प्रतिनिधि सभामा माओबादी केन्द्रकी नेतृ कमला रोका निर्वाचित भएकी थिइन ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया