धनगढी । डोटीमा प्रतिनिधिसभा तर्फ नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आलेले मतान्तर बढाउँदै लगेका छन् । सुरुवाती अग्रता लिएका आलेले अग्रता फराकिलो बनाउँदै लगेका हुन् ।
आले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीभन्दा ३ हजार ५९६ मतले अगाडि भएका छन् । एक मात्रै प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको डोटीमा ३४ हजार ५५० मत गणना हुँदा एकीकृत समाजवादीका आलेले १५ हजार ९४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी एमालेकी ओलीले १२ हजार ३५२ मत प्राप्त गरेकी छन् ।
स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले २ हजार ९०८ मत प्राप्त गरेका छन् । २ हजार ५२५ मत बदर भएको जनाइएको छ । अघिल्लो निर्वाचनमा डोटीबाट तत्कालिन एमालेबाट आले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि आलले एकीकृत समाजवादी पार्टी रोजेका थिए ।
कैलाली
प्रतिक्रिया