काठमाडौंका ३ वटा क्षेत्रमा घण्टीका उम्मेदवार विजयी

काठमाडाैं । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा घण्टी चुनाव चिह्नको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

काठमाडौं–२ मा सोबिता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ विजयी भएका हुन् ।

काठमाडौंकै ६ नम्बर क्षेत्रमा शिशिर खनालले फराकिलो अग्रता लिएका छन् । शिशिरले ७ हजार २१६ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार ४०५ मत पाएका छन् ।

काठमाडौं–१, ३, ४, ५ र १० मा नेपाली कांग्रेसका उम्मेदवार क्रमशः प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल र राजेन्द्रकुमार केसी विजयी भएका छन् भने काठमाडौं–९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया