धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायमै राखेका छन् । सुरुवाती अग्रता लिएका रानाले अग्रता कायमै राखेका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८ हजार ४१९ मत गणना हुँदा एमालेका उम्मेदवार रानाले २ हजार ८६२ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्तले २ हजार ५९५ मतसहित पछ्याइरहेका छ्न । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार १५४ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेका रानाले जितेका थिए ।
प्रतिक्रिया