दार्चुला प्रदेशसभा (ख) मा मा‌ओवादी केन्द्रका धामी पुन: निर्वाचित

धनगढी । दार्चुला प्रदेशसभा (ख) मा नेकपा (मा‌ओवादी केन्द्र)का उम्मेदवार मानबहादुर धामी पुन: निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री समेत रहेका धामीले १३ हजार १७१ मत प्राप्त गरि विजयी भएका हुन।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामदत्त जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।
धामीले एमाले उम्मेदवार जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गरेका छ्न् । २०७४ को प्रदेशसभा चुनावमा धामी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया