मुगुमा मंगलबारबाट मात्र मतगणना हुने

मुगु । मुगुमा मंगलवारबाट मात्र मतगणना हुने भएको छ । भौगोलिक विकटता र दुईदिनको पदैल हिडेर मतपेटिका मुख्यनिर्वाचन अधिकृतको कार्यालय गमगढि ल्याउनु पर्ने बाध्यताले मतगणनामा ढिलाइ भएको हो । आइतबार साँझ मतदान प्रक्रिया सकिए लगत्तै छायांनाथ रारा नगरपालिका भित्रका मतपेटिका र सोरु गाउपालिकाको कच्चे सम्मका मत पेटिका आइपुगेका भएपनि अन्य गाउपालिका सोरु, खत्याड र मुगुमकार्मारोङ गाउपालिकाका मतपेटिका आउनेक्रम जारि छ ।

अहिले सम्म २८ वटा मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका र अझै ३८ मतदानकेन्द्रका मतपेटिका आउन बाँकि रहेकाले मतगणना मंगलवारबाट मात्रै हुने मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले बताए । हेलिकप्टरबाट मतपेटिका ढुवानीको लागि सम्बन्धित निकायमा कुरा राखेपनि हुम्ला, डोल्पामा हिमात हुने स्थानमा जानु पर्ने र मुगुमा त्यो सम्भावना नदेखिपछि पदैलबाट मतपेटिका ल्याउने भएकाले समयमै मतगणना नभएको मुख्य निर्वाचन अधिकृत बर्देवाले बताए ।

सबै मतदान केन्द्रबाट मतपेटिका सहित टोली आउनेक्रममा छ । भोलि दिउँसो २ बजे सम्म सबै मतपेटिका आइपुगेपछि । सर्वदलीय बैठक राखेर मतगणना गरिने मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया