मतदानकाे दिन चलाइएका १४३६ सवारी साधन ट्राफिक प्रहरीकाे नियन्त्रणमा

महाराजगंज क्षेत्रमा नियन्त्रणमा लिइएका सवारी साधन । तस्बिर : साैर्य दैनिक

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे लागि जारी मतदानकाे दिन अनुमती नलिई आज चलाइएका एक हजार ४३६ सावरी साधन नियन्त्रणमा लिएकाे छ । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार ८७ वटा चार पाङ्ग्रे सवारी साधन र बाँकि मोटरसाइकललाई नियन्त्रणमा लिइएका छन् । नियन्त्रणमा लिइएका सवारी साधन बेलुका सात बजेपछि मात्र छाडिने प्रवक्ता भट्टले बताए ।

महाराजगंज क्षेत्रमा नियन्त्रणमा लिइएका सवारी साधन । तस्बिर : साैर्य दैनिक

प्रतिक्रिया