मुगुमा १२ बजेसम्म २८ प्रतिशत मत खस्यो

मुगु । आज बिहान ७ बजेबाट सुरु भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य पदका लागि मतदान मुगुमा १२ बजे सम्म २८ प्रतिशत मत खसेको छ ।

बिहानबाट मतदान सुरु भएको र मध्यान्न १२ बजे सम्म २८ प्रतिशत मत खसेको जिल्ला प्रहरीकार्यलयका प्रहरी उपरिक्षक सुवास हामालले जानकारी दिए ।

मुगु जिल्ला ६४ वटा मतदानस्थल ६६ वटा मतदान केन्द्रमा मतदान हुँदै छ। ५ घन्टामा २८ प्रतिशत खसेको छ । मुगुमा ३५ हजार ८ सय ८५ मतदाता रहेका छ्न् ।

प्रतिक्रिया