मुगुमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, तीन जना घाइते

मुगु । मुगुको छायांनाथ रारा नगरपालिका टोप्ला मतदान केन्द्र्मा मसि लगाउने विषयमा विवाद हुँदा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परि तीन जना घाइते भएका छ्न् । घाइते हुनेमा एकिकृत समाजवादिका ऐनबहादुर बम, एमालेका बिस्नु मल्ल र रत्न बहादुर शाही रहेका छ्न । केहि बेर मतदान स्थगित भएको भएपनि मतदान भने सुरु भएको छ ।

प्रतिक्रिया