धनगढी । बाजुरा जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दुबै पक्षबीच जिल्लाका ६ /७ वटा मतदान स्थलमा झडप भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाको बुढीगंगा नगरपालिका-८, खप्तड छेडेदह गाउँपालिका-१, स्वामीकार्तिक खापर गाउँपालिका-४, बुढीनन्दा नगरपालिका-५, त्रिवेणी नगरपालिका-३ र ७ मा रहेका मतदान स्थलहरुमा झडप भएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए ।
झडप भएका ठाउँमा मतदान रोकिएको छ उनले भने स्वामीकार्तिक खॉपर गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा भने केही बेरमा मतदान सुरु हुनेछ । स्थिती नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले जनाएको छ । एक मात्रै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र रहेको बाजुरामा एमालेबाट कर्णबहादुर थापा र नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे प्रमुख प्रतिष्पर्धी रहेका छन् ।
कैलाली
प्रतिक्रिया