काठमाडौं । कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार रहेकी शारदा चन्द र दिपकबहादुर सिंहको उम्मेदवारी खारेज हुँन सक्ने सम्भावना यथावत रहेको छ । क्षेत्र नं। ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार रहेका चन्द र सिंहको उम्मेदवारी खारेज हुन सक्ने सम्भावना यथावत रहेको स्रोत बताउछ ।
शारदा चन्द समाज कल्याण परिषद् अन्र्तगतको राष्ट्रिय जेष्ठ नागरिक कोषकी सदस्य हुन् । परिषद्ले उनलाई २०७७ असार १७ गते कोषको सदस्यका रुपमा मनोनित गरेको थियो । चन्द ४ वर्षका लागि राष्ट्रिय जेष्ठ नागरिक कोषकी सदस्य मनोनित भएकी हुन् । उनले आज सम्म पनि उक्त पदबाट राजिनामा दिएकी छैनन् । चन्दले उक्त पदबाट राजिनामा नदिएको कोषको कार्यालयले जनाएको छ ।
नेपाल सरकार मातहतको कुनैपनि सार्वजनिक पद ग्रहण गरेको व्यक्तिले चुनावमा भाग लिन नपाउने निर्वाचन आयोग ऐन २०७३ मा प्रस्ट भनिएको छ । उम्मेदवारी मनोमयन पुर्व नै उक्त लाभको पदबाट राजिनामा गरेको खण्डमा चुनाव लड्ने पाइने प्रष्ट व्यवस्था छ । यद्यपी कञ्चनपुर ३ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेवार चन्दले राष्ट्रिय जेष्ठ नागरिक कोषको सदस्य पदबाट राजिनामा नदिएको हुँदा उनको उम्मेदवारी अझै पनि खारेज हुने प्रवल सम्भावना रहेको स्रोत बताउछ ।
त्यस्तै कञ्चनपुर ३ बाटै स्वतन्द उम्मेदवार रहेका सिंह कालो सुचिमा परेका ठेकेदार हुन् । उम्मेदवार सिंहलाई सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ३ वर्षका लागि कालो सुचिमा राखेको हो । ०७७ असार १६ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गर्दै उम्मेदवार सिंहको निर्माण कम्पनी नागार्जुन कन्स्ट्रक्सनलाई निर्देशनालयले कालो सुचिमा राखेको हो ।
सरकारी निकायबाट कालो सुचि अर्थात कारबाही एवं अयोग्य ठहरिएका व्यक्ति बिरुद्ध निर्वाचन आयोगमा उजुरी परेमा आयोगले जुनसुकै बेलापनि उम्मेदवारी खारेजीको घोषणा गर्न सक्ने प्रावधान छ ।
सरकारी संयन्त्रले नै अयोग्य ठहर गर्दै कालो सुचिमा राखेका सिंह कञ्चनपुर ३ बाट स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन ऐन २०७३ को दफा ९ को उपदफा १ मा उम्मेदवारको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने विषयमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन अधिकृत मार्फत निर्वाचन आयोग समक्ष उजुरी दिन सकिने प्रावधान छ ।
प्रतिक्रिया