बझाङमा नेकपा विप्लव कार्यकर्ताले दले शिक्षक बोहरालाई कालोमोसो

बझाङ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले एक शिक्षकलाई कालोमोसो दलेका छन् ।
बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ मा रहेको मजाखोरी माध्यामिक विद्यालयका शिक्षक जनक बोहोरालाई विप्लव कार्यकर्ताले आइतबार कालोमोसो दलेका हुन् ।

बोहोराले विद्यालयमा आर्थिक अनियमिततामा मुछिएको र आफ्नो आन्दोलनको विरोध गरेको भन्दै विप्लव कार्यकर्ताले कालोमोसो दलेको एक विप्लव कार्यकर्ताले बताए ।

शिक्षक बोहोरा मजखोरी माध्यमिक विद्यालयको प्रधानाध्यापक हुँदा विद्यालयको रकम भ्रष्टाचार गरेको, शैक्षिक गुणस्तर ध्वस्त पारेको र कारवाही गर्न बाध्य भएको उनले बताए ।

बोहोरालाई दुर्व्यवहार गर्ने व्यक्तिको खोजी गर्न घटनास्थलमा प्रहरी परिचालन गरेको इलाका प्रहरी कार्यालय विसौनाचौरले जनाएको छ ।

बोहराले आर्थिक अनियमितताको आरोप लागेपछि पदबाट राजिनामा दिएका थिए । बोहोराले विद्यालय भवन निर्माण, पुस्तकालय निर्माण, ल्याव निर्माणमा ठूलो रकम हिनामिना गरेको विप्लव कार्यकर्ताको आरोप छ ।

प्रतिक्रिया