बझाङ । बझाङ जिल्लामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सुर्मा गाउँपालिका वडा नँ-२ घोगाणा घर भएका ४५ वर्षिय विक्रम बोहरा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बाेहरा बुधबार साँझ गाउँतिर घुम्न जान्छु भनेर घरबाट हिँडेका बोहरा अबेरसम्म घरमा नपुगेपछि उनका आफन्तले खोजी गर्दा बिहीबार सोही ठाउँको मेडिखान भन्ने स्थानमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।
शवलाई पोष्टमाटम गरेर दाहसंस्कारको लागि आफन्तले लगिसकेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको समेत सूचना अधिकारी अवस्थीको भनाई छ ।
बझाङ
प्रतिक्रिया