डोटी भूकम्प : मृत्यु हुनेकाे संख्या ६ पुग्याे

डोटी । मङ्गलवार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युटको भूकम्पले डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय साना गाउँका अनुसार पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया बगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहरा रहेका छन् ।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएको प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिए । भूकम्पले सो गाउँका ८ घरमा पूर्ण रूपमा क्षति गरेको उनले बताए ।

प्रतिक्रिया