अधिकाशं उम्मेदवारको आँखा मुख्यमन्त्रीमा

कर्णालीमा चुनावी रौनक

सल्यान । आम चुनाव हुने दिन नजिकिदै गर्दा कर्णालमीमा चुनावी सारगर्मी वढन थालेको छ । देशभर जस्तै कर्णालीमा पनि सत्तारुढ गठवन्धन र प्रतिपक्ष एमालेबीच चुनावी प्रतिस्पर्धा हुदै गर्दा स्वतन्त्रहरुको संख्या पनि उल्लेखनीय छ ।

कर्णाली प्रदेशबाटै नेकपा फुटको विजारोपण भएपछि नेकपा भित्रको विवाद देशभर फैलियो । कर्णालीमा सत्ता समिकरणको विषयबाट प्रवेश पाएको विवाद अन्तत नेकपा फुटेर पहिलेकै अवस्थामा मात्र भएन त्यसबाट पनि नेकपा एमाले फुटेर माधव नेपाल अध्यक्ष भएको विघटन मात्र भएन त्यसैबाट एकिकृत समाजबादी पार्टी गठन भई अहिले चुनावी मैदानमा होमिएको छ ।
त्यतिबेला कर्णालीमा सत्तासाझेदार दलहरुवीच विवाद चरम उत्कर्षमा पुगेपछि नेकपाको बहुमतको सरकार अल्पमतमा प¥यो । नेकपा एमालेबाट माधव नेपाल पक्षका प्रकाश ज्वालासहित चार जना संसदले फ्लोर क्रस गरेपछि नेकपा माओवदी केन्द्रका महेन्द्रवहादुर शाहीको नेतृत्वको सरकार जोगियो । भने प्रकाश ज्वाला सहित चार जनाको संसद पद मुक्त भयो । त्यतिबेलाकै सहमति अनुसार कर्णाली प्रदेशमा एउटा मात्र सिट जितेको नेपाली काग्रेसका जीवनबहादुर शाहीको नेतृत्वमा अहिले सरकार सञ्चालनमा छ ।
राष्ट्रिय राजनीतिमा प्रमुख भुमिका खेल्ने ठुला पार्टीका प्रभावशाली नेताहरु चुनावी मैदानमा छन् । सत्तारुढ दल र प्रतिपक्षको रुपमा रहेको नेकपा एमालबीच कर्णालीका दशवटै जिल्लामा रोचक प्रतिस्पर्धा हुदै छ । कर्णालीमा अहिले सवै राजनीतिक दलका नेताहरुले आफूलाई सहजहुने चुनावी क्षेत्र रोजेर चुनावी मैदानमा छन् ।
प्रतिनिधि सभा सदस्यका लागि कर्णालीका दश वटा जिल्लाका १२ सिटका लागि ७४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् भने प्रदेश सभाका २४ सिटका लागि ११६ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीबीच गठवन्धन भएर चुनाव लडे पनि यसपालीको चुनावमा भने एमाले एक्लिएर सत्तारुढ पाँच दलवीच गठवन्धन भएको छ ।
२०७४ सालको निर्वाचनपछि प्रदेश मुख्यमन्त्रीका प्रमुख दावेदार नेकपा एमालेका यमलाल कडेल तत्कालिन सत्तारुढ दलको गठवन्धनका क्रममा मुख्यमन्त्री माओवादी केन्द्रको भागवण्डामा परेपछि कडेल मुख्य मन्त्रीबाट वञ्चित हुन पुगे भने माओवादी केन्द्रका महेन्द्रवहादुर शाहीले मुख्यमन्त्री सम्माल्ने अवसर पाएका थिए ।

अहिले पनि नेकपा एमालेबाट मुख्यमन्त्रीको प्रमुख दावेदारको रुपमा यमलाल कडेल अगाडि छन् । सुर्खेत जिल्लाको प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका कडेल मुख्यमन्त्रीको प्रमुख दावेदारको रुपमा रहेका छन् । २०७४ सालको गठवन्धन अहिले भने फेरिएपछि प्रदेशमा मुख्यमन्त्रीको विषयमा वहस चल्न शुरु भएको छ । कुनै पनि पार्टीले आफना उम्मेदवारलाई मुख्यमन्त्रीको रुपमा आधिकारिक रुपमा अगाडि नसारे पनि चर्चा भने शुरु भएको छ ।

यस अघिको निर्वाचनमा पटक पटक मुख्यमन्त्रीको दाउमा रहेका नेकपा एमालेका नेता यमलाल कडेल यसपटक पनि सुर्खेत क्षेत्र नं. २ को ‘क’ बाट उम्मेदवारी दिएका छन् । उनी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज पनि हुन । उनको सत्ता गठवन्धनबाट उम्मेदवारी दिएका नेपाली काग्रेसमा कालीप्रसाद शाक्यसंग मुख्य प्रतिस्पर्धा हुने छ । कडेल र शाक्यको २०४९ सालमा भएको निर्वाचनमा विरेन्द्र नगर नगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा हुदा कडेलले शाक्यलाई पराजित गरेका थिए । ३० बर्षपछि अहिले उनीहरूबीच पुन प्रतिस्पर्धा हुन लागेको हो ।

नेपाली काग्रेसमा पनि मुख्यमन्त्रीको पदका लागि तीन जना मुख्य आकांक्षीहरु देखिएका छन् । वहालवाला मुख्यमन्त्री जीवनवहादुर शाही पुनः मुख्यमन्त्रीका लागि प्रदेशमै उम्मेदवारी दिएका छन् । उनले हुम्लाको प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशबाट एउटा सिट मात्र जितेका शाहीले यसपाली भने गठवन्धनबाट नै उम्मेदवारी दिएकाले प्रमुख दावेदारको रूपमा हेरिएको छ ।

उनले नेकपा एमालेका छक्कवहादुर लामासंग प्रतिस्पर्धा गर्दैछन् । यता गठवन्धनको तर्फबाट जुम्ला प्रदेश ‘क’ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसमा ललितजंग शाही र जाजरकोटबाट प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका राजिव विक्रम शाहको नाम पनि आउन थालेको छ । शाहले प्रतिनिधि सभामा उम्मेदवारी दिन चाहेको भए पनि भागवण्डाका क्रममा नेकपा माओवादी केन्द्रका शक्ति वहादुर वस्नेतले प्रतिनिधि सभामा टिकट पाएपछि प्रदेशमा शाहले टिकट पाएका थिए । राजिव विक्रम शाह जाजरकोटमा लोकप्रिय नेताको रुपमा चिनिन्छिन ।

यता माओवादी केन्द्रमा भने अघिल्लो निर्वाचनमा मुख्यमन्त्री सम्माहलेका महेन्द्र बहादुर शाहीले उम्मेदवारी दिएका छैनन । सत्तारुढ दलविच भएको गठवन्धनबाट रुकुम पश्चिम प्रदेश ‘ख’ मा उम्मेदवारी दिएका माओवादी केन्द्रका रामकुमार शर्मालार्ई पनि मुख्यमन्त्रीको दावेदारको रूपमा हेरिएको छ । उनले एमालेका नेता कर्णवहादुर घर्तीसंग प्रतिस्पर्धा गर्दैछन् । राजकुमार शर्मा माओवादी केनद्रका प्रभावशाली नेता जनार्दन शर्माका नाता पर्छन ।

अघिल्लो निर्वाचनमा मुख्यमन्त्रीको दावेदारको रुपमा रहेका सल्यानका नेता प्रकाश ज्वाला भने प्रतिनिधि सभा सदस्यका लागि गठवन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । कर्णालीमा एमाले संसद भए पनि फ्mलोर क्रस गरेर चर्चामा आएका ज्वाला सल्यानका नेकपा एमालेका संस्थापक नेता मानिन्छन् । अहिले उनी नेकपा फुटेपछि गठन भएको नेकपा एकिकृत समाजवादी तिर लागेका छन् । अझ रोचक त के छ भने २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा उनलाई जिल्लाबाट सिफारिस गरिएको थिएन तर पनि उनले टिकट प्राप्त गरी सल्यान प्रदेश ‘ख’ बाट निर्वाचित भएर आर्थिक मामिला तथा योजना मन्त्री समेत भइसकेका छन् ।

यसपाली उनी राप्रपाबाट केही महिना अगाडी नेकपा एमालेमा प्रवेश गरेका राजेन्द्रवीर राय र नेपाली काग्रेस परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका राजेन्द्रवहादुर शाहसंग प्रतिस्पर्धा गर्दैछन् । नेपाली काग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्य भई शिक्षा राज्यमन्त्री भइसकेका शाह गठवन्धनप्रति असन्तुष्टि जनाउदै उम्मेदवारी दिएका छन् । उनी असुन्तुष्ट काग्रेसको साथ पाएका खण्डमा जित्ने दावी गर्छन । ‘यो बहुदलीय व्यवस्था समाप्त पार्ने खेल हो गठवन्धन । त्यसैले मैले जनताको भावनाको रक्षा गर्न स्वतन्त्र उम्मेदवारी दिएको हो’ शाहले भने ।

नेकपा एमालेका नेता यमलालल कडेलका प्रमुख सारथीको रूपमा रहेका नेकपा एमालेका नेता गुलावजंग शाह भने सल्यान प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका छन् । यस अघिको निर्वाचनमा गठवन्धनको तर्फबाट प्रदेश ‘क’ बाट निर्वाचित भएका शाह सुरक्षित हिसावले प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका छन् । उनले गठवन्धनका तर्फबाट नेपाली काग्रेसका सुरेश अधिकारीसंग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

दैलेखमा भने चुनावी प्रतिस्पर्धा अभै रोचक देखिएको छ । २०७४ सालको निर्वाचनमा प्रतिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका रविन्द्रराज शर्मा र प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका अम्मरवहादुर थापाको करिव २८ बर्षको सहकार्य टुंगिएको छ । योसंगै थापा र शर्मा बीच चुनावी प्रतिस्पर्धा हुदैछ । २०४८ सालमा नेकपा एमालेमा आवद्ध शर्मा र थापा करिव २८ बर्षसम्म एउटै संगठनमा काम गरेपछि हाल थापाले सत्तारुढ गठवन्धनबाट उम्मेदवारी दिएका छन् भने शर्माले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । दुवैसहकर्मीबीच रोचक प्रतिस्पर्धा हुदैछ । दैलेखमा समाजवादीको जनाधार राम्रो नभए पनि व्यक्तिगत रुपमा थापाले राम्रो छाप छोडेका छन् ।

२०७४ सालको निर्वाचनमा यस्तो छ मत परिणाम

मतदानको दिन नजिकिदै गर्दा मत जोडघटाउ पनि शुरु हुन थालेको छ । २०७४ सालमा नेपाली काग्रेसले एकल उम्मेदवारी दिएको थियो भने नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच गठवन्धन भएको थियो । तर अहिले भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ । कर्णाली प््रदेशका २४ वटै सिटहरूमा नेकपा एमाललेले उम्मेदवारी दिएको छ भने सत्तारुढ दलहरुले भने भागवण्डा गरेका छन् । जस अनुसार नेपाली काग्रेसले १२ स्थानमा उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले १० स्थानमा उम्मेदवारी दिएको छ । एकिकृत समाजवादीले २ स्थानमा उम्मेदवारी दिएको छ ।

२०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशमा नेपाली काग्रेसको कुल मत १ लाख ८५ हजार ५ सय ५४ रहेको थियो भने गठवन्धनबाट उम्मेदवारी दिएको नेकपा एमालेको १ लाख ४८ हजार १६ मत थियो । यस्तै नेकपा माओवादी केन्द्रको १ लाख २८ हजार ८ सय ५ जम्मा मत रहेको थियो । आगामी चुनावमा भने पहिलेको भन्दा फरक गठवन्धन भएकोले र मतदातामा समेत हेरफेर भएकोले मत विवरणमा पनि फरक आउने देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेस  इतरका माओवादी केन्द्र र एकिकृत समाजवादीबीच गठवन्धन भएको थियो । यसले पनि धेरै स्थानमा एकिकृत समाजवादीले स्थानीय तहमा उम्मेदवारी नदिएको कारण समाजवादीको मत विवरण नदेखिए पनि राम्रो पकड रहेको एकिकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला बताउछन् । आफुहरुले संविधानको रक्षाका लागि आफनो पद समेत दाउमा राखेकाले पनि जनताहरुले आफुहरूलाई साथ दिने दावी गर्छन् ।   

कर्णालीमा सत्तारुढ दलहरुको समिकरणले एकल सरकार बनाउने सम्भावना टरेको छ । एमालेले मात्रै सवै पदहरूमा उम्मेदवारी दिएको कारण एमालेले विजय हासिल गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भने गठवन्धनमा आधारित सरकार गठन हुनेछ ।

प्रतिक्रिया