चुनाव प्रचारमा सत्ता गठबन्धनका उम्मेदवारलाई स्वतन्त्रको अवरोध

रुकुम पूर्व । चुनावी प्रचार अभियानमा हिडेको सत्ता गठबन्धनको समुहलाई बागी तथा स्वतन्त्र उम्मेद्वार समुहले अवरोध गरेका छन् । शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) को मैकोटमा हुने चुनावी अभियान कार्यक्रममा जान भनेर सदरमुकाम रुकुमकोटबाट हिडेको प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेद्वार पूर्णबहादुर घर्ती र समानुपातीक उम्मेद्वार केशरमान रोकासहितको समुहलाई अवरोध गरेका छन् ।

उम्मेदवार छनोटमा असन्तुष्टि जनाएर माओवादी केन्द्रबाट प्रदेश सभा क्षेत्र नम्बर (क) मा बागी उम्मेद्वारि दिएका सुरुल पुन र कांग्रसबाट बागी उम्मेदवारी दिएका दुत कुमार पुनका समर्थकहरुले अवरोध गरेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्धार बनेका माओवादी केन्द्रका घर्ती सहित नेपाली कांग्रेसका समानुपातीक उम्मेद्धार रोका लगाएत माओवादीका नेताहरु गणेशमान पुन र दलजित श्रीपालीसहितको टोलीलाई बागी उम्मेद्वार समर्थकले बिच बाटोमै रोकेका हुन् । भूमे गाउँपालिका २ काक्री तकसेरा जाने सडक खण्ड अन्तर्गत काक्रीदेखी १ किलोमिटर माथि बिच बाटोमा अवरोध गरेका गठबन्धन श्रोतले बताएको छ ।

गठबन्धनको टिम अहिले त्यहाँबाट फर्केर भूमे गाउँपालिकाको केन्द्र खाबाङ झरेको छ । खाबाङमा दुईपक्षिय छलफल चलिरहेको बताइएको छ । आफुहरु प्रतिनिधिसभा सदस्य पदका गठबन्धनका साझा उम्मेद्धार रहेका पूर्ण बहादुर घर्तीको पक्षमा रहेको अबरोध समूहले जनाएको छ । यद्यपि सत्ता गठबन्धका तर्फबाट प्रदेश क्षेत्र नम्बर १ बाट उम्मेद्धार बनेका माओवादी केन्द्रका नेता तेजबहादुर ओलीको बिरुद्धमा अबरोध गरेको जनाएको छ ।

गठबन्धन समुहले पुथाउत्तरङगा क्षेत्रमा चुनावी कार्यक्रम गर्दा ओलीलाई बल पुग्ने हुँदा घर्ती समुहलाइ अबरोध गरेको ओलिको विरुद्धमा प्रदेशमा उम्मेदवारी दिएका सुरुल पुन समर्थकले बताएका छन् ।

सत्ता गठबन्धन दलका साझा उम्मेदवार तेजबहादुर ओलीको समूह यतिवेला पुथाउत्तरङगगा गाउँपालिकाको १ नम्वर क्षेत्र मैकोटमा घरदैलो अभियानमा व्यस्त भएको छ । यो घटना पछि जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । यो समुहले यसअघि पनी तेजबहादुर ओलीको समुहलाइ पुथा उत्तरगंगा प्रवेशमा अवरोध गरेको थियो ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया