काठमाडाैं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ । अहिले अध्यक्ष ओलीले घोषणा पत्रको मुख्य–मुख्य अंशबारे ब्याख्या गरिरहेका छन् ।
चुनावी घोषणा पत्र जारी गर्दै नेपालीलाई मात्रै नागरिकता दिने प्रतिबद्धता व्यक्त गरेको हो । सरकारको बनेको शुरुवाती समयमा वंशजको आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकतासँग सम्बन्धित सबै समस्या समाधान गर्ने प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ । एक वर्षभित्रमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने प्रतिबद्धता एमालेको घोषणा पत्रमा छ ।
प्रतिक्रिया