रोल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ घाइते

प्युठान । रोल्पाको सुलिचौरमा दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ, भने १२ जना घाइते भएका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौर बजारको सेवा केन्द्र नजिकै बुधबार दिउसो सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

जिपको एक्कासी ब्रेक फेल भएपछि अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा सवार यात्रुहरु तिहारको टीका लगाउन आफन्तकोमा जादै गरेको बताइएको छ । दुर्घटना भएको स्थानमा अहिले प्रहरीको टोली र स्थानीय वासीले घाइतेको उद्धार गरेका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया