समानुपातिकतर्फका ५५० उम्मेदवार बन्दसूचीबाट नाम हटाइयाे

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम हटाएको छ । विभिन्न राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि पेश गरेका ६ हजार ४५७ जनामध्येबाट विभिन्न कारणले अयोग्य ठहरिएका ५५० जनाको नाम हटाउने निर्णय गरेको हो ।

जसमा जरिवाना नबुझाउने ३६९ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, उमेर नपुगेका ५२ जना, सम्बन्धित प्रदेशको मतदाता नभएका १२ जना, फरक लैङ्गिक पहिचान भएका ३७ जना, कागजात नभएका ६ जना, मतदाता नामावलीमा नाम नभएका ६ जना, लाभको पदमा रहेका १ र कालोसूचीमा रहेका १ गरी ५५० जना बन्दसुचीबाट हटेका हुन् ।

प्रतिक्रिया