प्युठानी जनताको भरोसा कहिल्यै टुट्न दिने छैन : सुर्य थापा

प्युठान । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापाले प्युठानी जनताको आशा र भरोसालाई टुट्न नदिने गरि जिल्लाको बिकास र समृद्धिको लागि आफु लाग्ने बताएका छन् । उनले समाज र राष्ट्र निर्माणको मेरुदण्ड युवा शक्तिलाई देश निर्माणमा मुलप्रवाहमा जोड्न सकेमात्रै जिल्लाको बिकासमा गति लिन सक्ने बताए ।

राष्ट्रिय युवा संघ नेपाल प्युठानको निर्वाचन केन्द्रित भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले युवालाई बिहानीको सुर्योदयसंग तुलना गर्दै गाउँ देश बदल्न युवा शक्तिको खाचो अपरिहार्य भएको बताए । युवा शक्ति एकजुट भएर लागेमा समाजका तमाम बिकृतीहरु अन्त्य हुने छ । एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज थापाले युवा कुलतबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । उनले भने, ‘युवाको दृष्टिकोण सहि हुनुपर्छ, जब दृष्टिकोण सफा र सहि हुन्छ, युवाले देशको भबिश्य निर्माण गर्न सक्छन ।’

निर्वाचन जितेर ६४ वडामा एक पटक अनुहार नदेखाउने ब्यक्तिलाई गठबन्धनले झुटो प्रचार गरेर जनता झुक्याउने काम गरिरहेको बताए । एमालेले जनतासंग गठबन्धन गरेर अघि बढेकाले जित सुनिश्चित भएको दावी गरे । एमालेको काम र जनलहर देखेर अतालिएका शक्तिहरूबीचको गठबन्धनले देशमा बिकास र समृद्धि ल्याउनको सट्टा उल्टै मुलुकमा राजनीतिक अस्थिरता सृजना गरेका छन्,’ उनले भने, ‘अब अस्थिरता सृजना गरी विकासका काम रोक्ने उद्देश्य बोकेका गठबन्धनको अन्त्यका लागि एमालेमा मतदान गर्नुपर्ने बेला आएको छ ।’

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेदवार सुर्य थापाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न, जनताको स्थिर र बलियो सरकार निर्माण गर्न, राष्ट्रिय हितको रक्षा गर्न, सुशासन कायम गर्न, गुमेको भूमि फिर्ता ल्याउन तथा आर्थिक बिकास गरि देश बिकस र समृद्धि ल्याउन नेकपा एमालेको पक्षमा जनउभार ल्याउन युवा तथा कार्यकर्ता परिचालन हुनुपर्ने बताएका छन् ।

प्युठानमा गठबन्धनका कारण नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको मनमा चोट पुगेको भन्दै ती कार्यकर्ताको भावनाको सम्मान गर्ने बताए । ‘नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको म सम्मान गर्दछु उहाहरुको मनको पनि सम्मान गर्दछु । प्युठानको भबिश्यको लागि उहाँहरुको मतको भावनाको सम्मान गरेर अगाडि बड्ने अठोट गर्दछु’ थापाको भनाइ थियो ।

त्यस्तै प्रदेश ‘क’ का प्रदेश सभा सदस्य तुल्सिराम शर्माले मुलुकमा रोजगारी सृजना गरी वैदेशिक रोजगारीमा जानैपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न देशमै रोजगारीका अवसर सृजना गर्नुपर्ने बताए । उनले भने,‘रोजगारीका लागि विदेश जाने बाध्यताको अवस्थालाई बदल्नुपर्छ ।’ युवा शक्तिलाई देश बिकास र समृद्धिमा जोड्नु पर्ने उनको भनाइ थियो । प्रदेश ‘ख’ प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले नेकपा एमाले देशको एकमात्र जनमुखी पार्टी भएकाले सूर्य ध्वजाबाहक उम्मेदवारहरूलाई विजयी बनाउने दायित्व आम मतदाता, जनसमुदाय र सम्बन्धित पार्टीका नेता–कार्यकर्ताको अह्म दायित्व भएको बताउँदै उनले सबै मन वचन र कर्मले लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट समानुपातिक उमेदवार सुरज मगर, बेगम बिश्वकर्मा, अनेरास्ववियुका केन्द्रीय सचिव धर्म गिरी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य लिला जिसी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल प्युठानका संयोजक बिसेक थापाले गरेका थिए ।

प्रतिक्रिया