मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने ज्यामगुरुङवासीको घोषणा

काठमाडौं । धादिङकाे श्री ५ को वायुगुठी, समस्या समाधान संघर्ष समिति, वडामा क्रियाशिल सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधि र सम्पूर्ण ज्यामगुरुङवासीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने भएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले निर्वाचन बहिष्कार गर्न लागेको जनाएको हो । संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले आफूहरु कुनै रहरले नभई बाध्यताले निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको बताए ।

उनले भने, ‘यो भनेको ३५ सय घरधुरीको बगिरहेको आँशु हो, हाम्रो समस्या समाधानको लागि पत्रकारहरुको ठूलो हात हुनेछ, हामी दिनप्रतिदिन त्यसै संघर्षमा उत्रिएका होईनौँ, सबै निकाय धाएका छौँ, तर कतैबाट समस्या समाधान नभएकोले यो निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेका हौँ ।’

कार्यक्रममा बोल्दै निलकण्ठ नगरपालिका वडा–११ अध्यक्ष तथा सोही वडाका कांग्रेसका सभापति रामबहादुर श्रेष्ठले आफ्नो वडाका सबै दलका प्रतिनिधिहरुको उपस्थितिमा वडा कार्यालयको रोहबरमा आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताए । उनले उक्त निर्णय सर्वसम्मत रहेको पनि स्पष्ट पारे ।

उनले २०३२ सालदेखि जग्गाको नापी सुरु भएको र आफूहरु सोही कालदेखि नै जग्गाको धनी रहँदै आएको, र बहुदल र प्रजातन्त्र आउँदापनि जग्गाधनी रहेको सुनाए । ०६२–०६३ सालको जनआन्दोलनपछि गणतन्त्र आएपछि भने आफूहरुलाई सरकारको लापरवाहीका कारण जग्गाधनीबाट (कुनै पनि सूचना नदिईकन मोही बनाउने काम भयो) त्यही कारण आफूहरुले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको भन्ने उनको भनाई छ ।

उनले गुठीको विरुद्धमा यसअघि पनि आन्दोलन चलेको स्मरण गराए । श्रेष्ठले ०७४ को निर्वाचनपछि गुठी संघर्ष समितिमार्फत आन्दोलन गरेको स्मरण गराउँदै आफूहरुको मागबारे भने कुनै सुनुवाई नभएको गुनासो पोखे । उनले आफूहरुको प्रतिनिधित्व कुनै ठाउँमा नरहेको गुनासो गरे ।

कार्यक्रममा सो क्षेत्रमा क्रियाशिल नेकपा (माओवादी केन्द्र) की प्रदेश कमिटी सदस्य सरला धमलाले पनि समितिले अघि सारेको माग र गरेको निर्णयमा ऐक्यबद्धता जनाएकी छन् । उनले आफूहरु माग पूरा गराउनको लागि राष्ट्रिय मुद्दा बनाएर अघि बढेको सुनाइन् ।

उनले आफूहरु पहिले जग्गाधनी रहेको र अहिले आएर राज्यको लापरवाहीको कारण सुकुम्बासीमा परिणत भएको गुनासो पोखिन् । उनले सम्पत्तिमाथिको नागरिकको मौलिक हक हनन भएको पनि टिप्पणी गरिन् । समितिले चाल्ने कदममा आफू र आफ्नो दलको पूर्ण ऐक्यबद्धता रहने पनि धमलाको भनाई छ ।

त्यस्तै, सोही क्षेत्रमा सक्रिय नेकपा (एमाले) वडा ईन्चार्ज केदार लम्सालले पनि समितिको निर्णयको ऐक्यबद्धता जनाएका छन् । उनले आफूहरु दलीय आवद्धताभन्दा माथि उठेर आफूहरुको माग र मुद्दाको सम्बोधन गर्न लागिपरेको सुनाए । उनले भने,‘यो निर्वाचन बहिष्कार गर्नको लागि म सबैमा आग्रह गर्न चाहन्छु ।’

निर्वाचन बहिष्कार सम्बन्धि प्रेस विज्ञप्ति

उपरोक्त सम्बन्धमा धादिङ जिल्ला साविकको ज्यामरुङ गा.वि .स. हाल नीलकण्ठ नगरपालीका १०÷११ साविकको कटुञ्जे गा.वि.स.हाल नेत्रावती डोबजोङ गा.पा. का विभिन्न क्षेत्रमा भएको जग्गा पुस्तौ– पुस्तादेखि भोगचलन गर्दै आएको र नापी हुँदाको वखतदेखि वि.स.२०३२ साल देखी नै रैतान पूर्जा जग्गाधनी रहेको र त्यस बखतमा तिरो तिर्नका लागि भनेर जग्गाधनी पूर्जामा श्री ५ को वायुगुठी लेख्न तत्कालिन कथित वडा हाकिमको आदेशले लगाएकोमा भू–सूचना प्रणाली (एलआरआईएम) सिष्टमको समस्या देखाउँदै जग्गाधनीको महलमा श्री ५को वायु गुठी र मोहीमा व्यक्तिको नाम लेखी जग्गा धनीको हक हिस्सा महलमा एकलौटी लेखी कुनै तथ्य र प्रमाण नमिल्ने पूर्जा वितरण गरेको हुँदा निम्न बुँदाका आधारमा यस्ता अवाञ्छित र गैर न्यायिक राज्यआतंक र सम्पत्तिमाथिको व्यक्तिको मौलिक हक कायम गराउन को लागी बिभीन्न समयमा भयका ध्यानाकर्षण, भेला र आन्दोलनको बाबजुद पनि राज्य, सरकारको तर्फबाट केहि पहल र हाम्रो समस्याको संबन्धमा केहीपनि सुनुवाई नभयको हुदाँ र राजनीतिक नेताहरू समस्याको बिसयमा जानकार रहे पनि राजनैतिक मुद्दा बनाउन अनुदार देखिएकले राज्यविहीन नागरिको मैलिक हक हनन् हुँदासमेत मुखदर्शक राज्यको आयोजनामा हुने निर्बाचन अबज्ञा र बहिस्कार गर्ने निर्णय गरेका छाैँ ।

मंसिर ४ को निर्वाचन बहिष्कार किन ?

१) पुस्तौं–पुस्तादेखि भोगचलन र नापी हुँदाका बखतदेखि रैतान रही व्यक्तिको नाममा जग्गाधनी पूर्जा कायम

रहेको तर हाल पैत्रिक सम्पत्ति माथिको मौलिक हक हनन भयकोले

२) विगतदेखि नै जिल्ला मालपोत कार्यालयमा नगदी तिरो तिर्दै आएको ।

३) विगत समयमा जग्गाधनीले जग्गा खरिद बिक्रि, बैकिङ्ग धितो बन्धक तथा नक्शापास एवं जग्गाको हिस्सा हस्तान्तरण हुँदा कुनै समस्या र व्यवधान नरहेको, हाल बाबु जग्गा धनी तर छोरो पैत्रिक अंश लिदा मोहिमा रुपान्तरण हुने असंबैधानिक ब्यबस्था गरेकोले ।

४) वि.स. २०७२ सालमा मालपोत कार्यालयमा नयाँ सफ्टेवयर निमार्ण भई कम्युटर भू सुचना प्रणाली लागू गर्ने नाममा व्यक्तिको नाममा रहेको जग्गाको जग्गाधनी महलमा श्री ५ को वायु गुठी लेख्न सुरु भएको र हक हिस्सा महलमा एकलौटी लेख्ने जस्तो अब्यबाहरिक र असंबैधानिक कार्य विना प्रमाण र आधारमा मोहीको महलमा व्यक्तिको नामलेख्न थालेकोले।

५) भू सूचना प्रणालीको नाममा समस्या भएपश्चात् त्यस क्षेत्रका वासिन्दा विभिन्न जनदवाव तथा संघर्षको कार्यक्रम गरि जिल्ला मालपोत कार्यालय, गुठी संस्थान, मालपोत विभागतथा सम्बन्धित निकायबाट जग्गाधनी व्यक्ति नै रहेको भन्ने व्यहोराको पत्रहरु प्राप्त भएको ।

६) कुनैपनि नीतिगत निर्णय सम्बन्धित एवं कानून आधारबिना तथ्य प्रमाण बिना नै जग्गाधनीको महलमा श्री ५ को वायु गुठी लेखेको हाल सम्म पनि जग्गा पास लिखितम मा जग्गाधनीको महलमा व्यक्ति कै नाम जग्गाफिल्ड बुकमा पनि जग्गाधनीमा व्यक्ति कै नाम र नगद तिरोमा पनि व्यक्ति कै नामरहेको छ ।

७) मिति २०७६–५–३१ गते चलानी नं. ४५० मा गुठी संस्थानबाट भूमिव्यवस्था विभागलाई लेखेको पत्रमा यस क्षेत्रको जग्गा रैतानी नम्बरी जग्गा हो भनि पत्रचार भएको मिति २०७७ – ०८ – २३ मा भूमी व्यवस्था तथा अभिलेख विभागको चलानी नं. ७६१ बट मालपोत कार्यालय धादिङ्गलाई साविकमा प्रदान गरेको पूर्जा बमोजिम वितरण गर्नु खरिद बिक्री तथा बैकिङ कारोबार एवं जग्गामा व्यक्तिको स्वामित्व ।

प्रतिक्रिया