राजु गुरुङको उम्मेदवारी खारेज गर्ने सर्बोच्चको ठहर

काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च ले जारी नगर्ने निर्णय गरेको छ। सो अनुसार गुरुङको उम्मेदवारी समेत खारेजमा परेको छ । न्यायधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजालासले यस्तो निर्णय गरेको छ ।

बैंकिङ कसुरको कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको मनोनयन खारेज गरेको थियो । अदालतमा विचाराधीन मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज गरिएको भन्दै गुरुङले अदालतमा रिट दायर गरेका थिए ।

गुरुङको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले निर्वाचन आयोगको सो निर्णयमा रोक लगाउदै गुरु«को उम्मेदवारी कायम राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सोही आदेशअनुसार उनको उम्मेदवारी खारेजको निर्णय यथास्थितिमा राखिएको भन्दै निर्वाचन अधिकृत उदविर नेपालीले सोमबार सूचना जारी गरेका थिए्। निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा शुक्रबार सुनुवाइ भएको थियो ।

यसअघि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशनसहित अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । त्यसपछि अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई बोलाएर शुक्रवार बहस भएको हो। ।

प्रतिक्रिया