गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो : घर्ती

रुकुम पूर्व । प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्ण घर्तीले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । संयूक्त बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समन्वय समितिले सदरमुकाम रुकुमकोटमा सोबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै घर्तीले यस्तो बताएका हु्न ।

लुम्बिनी प्रदेशको निवर्तमान सभामुख समेत रहेका घर्तीले संघीयता, गणतन्त्र, र धर्मनिरपेक्षतालाई बचाउन र राष्ट्रको समृद्धिको लागि बाम गठबन्धन अपरिहार्य रहेको बताए ।

नेपालको राजनीतिक आस्थाले जुन गठबन्धन सिर्जना गरेको छ । घर्तीले भने, ‘कांग्रेस र माओवादी केन्द्र एक विपरित ध्रुवका पार्टी हुन् , तर आजको राजनीतिक स्थितिले दुवै पार्टीलाई एक ठाउँमा उभ्याएको छ ।’

‘प्रेम र राजनीतिमा कहिल्यै पनि निश्चित सीमा र बन्धन हुँदैन’, उनले भने, ‘प्रेममा कुनै जात, जाति, भाषा, भाषी, धर्म, संस्कृति, उमेर र क्षेत्र भन्ने कुरा रहँदैन, त्यस्तै राजनीतिमा पनि निरपेक्ष ढगंले सधैभरिको विरोधी र सधैँभरीको मित्र भन्ने हुँदैन, त्यसैले हामि लोकतान्त्रिक विधि र संस्कृतिमा छौँ ।’

उनले थपे, ‘अहिले वाम लोकतान्त्रिक गठबन्धन नभएको भए संसद विगठन मात्र होइन, संघीयता नै मास्ने काम हुन्थ्यो, त्यो हिसाले हजारौ सहिदहरुको बलिदानबाट प्राप्त भएको जुन संघीयता र संविधान हो, त्यसलाई बचाउन वाम लोकतान्त्रिक गठबन्धन आवश्यक छ ।’

‘हामीले राष्ट्रको समृद्धिको खाका कोर्न सक्छौँ’, घर्तीले भने, ‘गठबन्धन दलका साझा उम्मेदवारलाई विजय गराए मात्र जिल्लाको समृद्धि र विकास गर्न सकिन्छ, म माओवादी केन्द्रको सदस्य भएपनि सबैको साझा उम्मेदवार हो, म साझा प्रतिनिधिको हिसाबले जिल्लाको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाउँछु ।’

साथै उनले आफ्नो पार्टी र सिद्धान्तलाई शिरमा राखेर राजनीतिमा सक्रिय भएको बताए । ‘म भन्दा माथि दल मेरो पार्टी छ, पार्टीको निर्देशन अुसार काम गर्ने मेरो दायित्व हुनेछ’, घर्तीले भने, ‘यस हिसाबले देशको नीति निर्माणसँगै जिल्लाको समग्र विकासको लागि जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता जनाउछु ।’

फरक प्रस‌ङगमा बोल्दै घर्तीले गठबन्धनबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे । ‘आवेगमा आएर गरेको निर्णयले स्वं आफैलाई हानी गर्छ’, उनले भने, ‘उम्मेदवारी फिर्ता लिएर पुरानै घरमा फर्किनुस्, हामी सँगसँगै अघि बढौँ ।’

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया