काभ्रे । जिल्लाको धुलिखेल स्थित एक घरमा रहेको चाउमिन उद्योगमा आगलागी हुँदा कराेडौंको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार शुक्रबार दिनको १ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं ४ अठ्ठाईस किलो स्थित शम्भु कार्कीको चार तले पक्की घरमा संचालन गरेको चाउमिन फ्याक्ट्रीमा चाउमिन पकाउने क्रममा ग्याँसबाट अचानक आगोलागी भएको हाे ।
प्राप्त सूचानाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट आफ्नै कमण्डमा ४० जनाको प्रहरी टोली आवयश्क बन्दोबस्तीका सामानहरु सहित परिचालन भई प्रहरी नायव उपरीक्षकको समन्वयमा धुलिखेल नगरपालिकाबाट १ वटा, भक्तपुर नगरपालिकाबा१ र पाँचखालबाट १ वटा गरी जम्मा ३ वटा दमकल, बनेपा नगरपालिकाबाट २ वटा पानीट्याङ्कर, नेपाली सेन, सशस्त्र प्रहरी र स्थानियहरु समेत भई आधा घण्टा भित्रै आगो निभाउन सफल भएको उनले बताए ।
आगो पूर्णरुपमा नियन्त्रणमा लिईएको र आगलागीबाट शम्भु कार्की सामान्य घाईते भईउपचारको लागी धुलिखेल अस्पताल पठाईएकोमा उपचार पश्चात डिस्चार्ज भइसकेका छन् । आगलागी भएको घर आसपासको घरहरुमा जोखिम नरहेको, आगलागीबाट सानो र ठुलो गरि चाउचाउ बनाउने मेसिन थान १५, चाउचाउ बनाउने सामाग्रीहरु, लत्ता कपडा तथा अन्य सरसामानहरु पूर्ण रुपमा जले नष्ट भएकाे बताइएकाे छ । प्रहरीका अनुसार २ करोड २५ लाख बराबरको क्षति भएकाे छ ।
प्रतिक्रिया