पाँचथर । फिदिम नगरपालिका– ४ थापा टारस्थित पहिरोले अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ । गए रातिदेखि अविरल वर्षातका कारण कोइरि निकाल्ने ठाउँमा पहिरो गएको थियो ।
उक्त पहिरोले मेची राजमार्ग २० मिटर पुरिएर अवरुद्ध भएको थियो । पाँचथर डिएसपी हरि खतिवडाको कमाण्ड र नगरपालिकासहितको सहभागीमा आज बिहान जेसिभिले बाटो खोलेको प्रहरीले जनाएको छ ।
सो बाटो अवरुद्ध हुँदा ताप्लेजुङदेखि झापा चल्ने सवारी र मालबहाक सवारीसाधन रोकिएका थिए ।
प्रतिक्रिया