पाँचथर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाँचथरमा आइतबार १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाको १ मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा ९ जना राजनीतिक दलका उम्मेदवारी र ४ जना स्वतन्त्र सहित १५ जनाको उमेद्वारी दर्ता गरेका छन् ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य, पूर्वमन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङ्ग र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य भीष्मराज आङ्देम्बेले मनोनयन दर्ता गराएका छन । नेम्बाङ्ग र आङदाम्बे बीच दोस्रो पटक चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल बहादुर चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जयबहादुर योङ्हाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङ्देन, नेकपा (माले) का दिनानाथ घिमिरे, जनमुक्ति पार्टीका नरेन्द्र प्रसाद कुरुम्बाङ, जनता समाजबादी पार्टी नेपालका प्रेमराज लावती, जन समाजवादी पाटी नेपालका भिमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का मदनकुमार पोख्रेल र मंगोल नेशनल अर्गनाईजेशनका राजकुमार तुम्रोकको उमेद्वारी दर्ता भएको हो ।
दल बहादुर आङ्देम्बे, बालकृष्ण काफ्ले, लाख बहादुर पालुङ्वा र बिष्टन लावतीले स्वतन्त्रको हैसियतमा उमेद्वारी दिएका दर्ता गराए ।
पाँचथरको प्रदेश सभा ‘क’ मा १० र ‘ख’ मा ९ जनाको उमेद्वारी दर्ताः
प्रदेश सभा सदस्यका लागि २ वटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा १९ जनाले उम्मेद्धारी दर्ता गरेका छन् । प्रदेश सभा ‘क’ मा १० र प्रदेश सभा ‘ख’ मा ९ जनाले उमेद्वारी दिएका हुन् । प्रदेश सभा ‘क’ मा २ र प्रदेश सभा ‘ख’ मा १ जनाको स्वतन्त्र उमेद्वारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।
प्रदेश सभा ‘क’ मा उमेद्वारी मनोनयन दर्ता विवरण
कमल जबेगु – नकेपा एस (सत्तारुढ गठबन्धन)
राजकुमार भण्डारी – नेकपा एमाले
ओमनाथ बजगाई – राष्ट्रिय प्रजातन्त्र पार्टी
दुर्गा प्रसाद सँवा – राष्ट्रिय जनमुक्ति पार्टी
नेत्र कुमार बस्नेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)
मचिन्द्र प्रसाद बेघा – जनता समाजवादी पार्टी
मनकुमार गुरुङ – मंगोल नेशनल अर्गनाईजेशन
सागर केरुङ – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
इन्दिरा धौराली – स्वतन्त्र
सञ्च कुमार केरुङ – स्वतन्त्र
प्रदेश सभा ‘ख’ मा उमेद्वारी मनोनयन दर्ता विवरण
इन्द्र बहादुर आङ्बो – नेकपा माओवादी केन्द्र (सत्तारुढ
गठबन्धन)अइन्द्र सुन्दर नेम्बाङ – नेकपा (एमाले)
एविराज आङ्देम्बे – जनता समाजवादी पार्टी नेपाल
चन्द्रमाया बोहोरा – राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)
दिपेन्द्र चेम्जोङ – संघीय लोकतान्त्रिक राष्ट्रि मञ्च
बल बहादर बुर्जा मगर – मंगोल अइन्द्र सुन्दर नेम्बाङ – नेकपा (एमाले)
एविराज आङ्देम्बे – जनता समाजवादी पार्टी नेपाल
चन्द्रमाया बोहोरा – राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)
दिपेन्द्र चेम्जोङ – संघीय लोकतान्त्रिक राष्ट्रि मञ्च
बल बहादर बुर्जा मगर – मंगोल नेशनल अर्गनाईजेशन
सगुन सुन्दर लावती – राष्ट्रिय प्रजातन्त्र पार्टी
सुर्यहाङ तुम्बापो – राष्ट्रिय जनमुक्ति पार्टी
खड्ग सुन्दर लावती – स्वतन्त्रनेशनल अर्गनाईजेशन
सगुन सुन्दर लावती – राष्ट्रिय प्रजातन्त्र पार्टी
सुर्यहाङ तुम्बापो – राष्ट्रिय जनमुक्ति पार्टी
खड्ग सुन्दर लावती – स्वतन्त्र
उम्मेदवारले बिकास निर्माणलाइ प्राथमिकता दिएको जानकारी दिए छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरू कतिपय माउपार्टीबाट असन्तुष्ट हुन् ।
प्रतिक्रिया