यी हुन बझाङबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार

बझाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बझाङ जिल्लाका उम्मेदवारहरुको टुंगो लागेको छ । बझाङ जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले ऐन महरलाई उम्मेदवार बनाएको छ, भने सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता भानुभक्त जोशीले टिकट पाएका छन् । महर नेकपा एमालेका निवर्तमान अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन्, भने जोशी नेकपा एमाले बझाङ जिल्लाका संस्थापक नेतामध्येका एक हुन् । जोशी एमाले पार्टी विभाजन पछी एकिृत समाजवादीमा लागेका थिए ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य समेत रहेका अफिलाल ओखेडाले टिकट पाएका छन्, भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुर्व सभापती पृथ्वीबहादुर सिंहले टिकट पाएका छन् ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा एमालेबाट एलबी रावल, गठबन्धनबाट माओवादी केन्द्रका नेता भीम भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका विरेन्द्र मल्लले टिकट पाएका छन् ।

एलबी रावल संविधानसभा सदस्य पनि हुन्, भने गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका भीम भण्डारी द्धन्दकालदेखि नै माओवादीका बलिया नेता हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार विरेन्द्र मल्ल बझाङमा निर्माणाधीन कालंगा हाइड्रो पावर र रंगुनखोला हाइड्रोका लागि मूख्य भूमिका खेलेका नेता हुन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचन क्षेत्र ‘क’ बाट पूर्व एसएसपी मोहनराज जोशी र प्रतिनिधिसभाका लागि सत्यराज उपाध्यायलाई अगाडी सारेको छ । नेकपा एमाले समानुपातिक तर्फ भागरथी चन्द सिंह र नेपाली कांग्रेसबाट साधना बिसीको नाम समावेश गरेको छ । बाँकी उम्मेद्वारको नाम सार्वजनिक भइसकेको छैन् ।

प्रतिक्रिया