काठमाडौं । चीनको सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन् । केही व्यक्तिमा कोभिड सङ्क्रमण देखिएलगत्तै सरकारले सेन्जेनमा लकडाउन घोषणा गरेको हो। १ करोड ८० लाखभन्दा बढी मानिसको बसोबास रहेको सहरमा १० जनामा सङ्क्रमण भएको पुष्टि भएपछि लकडाउन घोषणा भएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।
प्रतिक्रिया