५० हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप

रुकुम पश्चिम । ५० हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ । असोज १ गतेबाट ९ गतेसम्म जिल्लामा संचालन भएको खोरत रोग विरुद्धको खोप कार्यक्रमबाट ५० हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको हो । पशुपंक्षी रोग अन्वेशन प्रयोगशाला सुर्खेतको खोप सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले खोप अभियान संचालन गरेको थियो । घर घरमै गएर खोरेत विरुद्धको खोप लगाइएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए ।


उनका अनुसार गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, सुँगुर लगायतका पशुलाई खोरत रोग विरुद्धको खोप दिइएको छ । यसका लागि जिल्लाका सबै पालिकामा ३५ जना खोपकर्ता परिचालन गरिएको थियो । दुहुना र गर्भिनी पशुलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइएको प्रमुख शर्माले बताए ।


जिल्लामा करिब डेढ लाख पशु रहेको कार्यालयको अनुमान छ । बाँकी पशुलाई पनि आवश्यकताका आधारमा खोप दिइने कार्यालयले जनाएको छ । पशुलाई खोरेत रोगबाट जोगाई मासु र दुध उत्पादनलाई बढाउने उदे्श्यले खोरत बिरुद्धको खोप दिइएको छ ।

खोप अभियान कार्यक्रमलाई जिल्लाका ६ वटै स्थानिय तहमा पुर्याउन पशुपंक्षी रोग अन्वेशन प्रयोगशाला सुर्खेतले ४० हजार खोप सहयोग गरेको थयो । १० हजार खोप भने पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले व्यवस्था गरेको प्रमुख शर्माले बताएका छन ।पशुप्राविधिकहरु घरमै आएर पशुहरुको उपचार तथा खोप दिइएको भन्दै किसानहरु खुसी भएका छन ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया