अधुरा योजना पूरा गर्न मेरो उम्मेदवारी : नेम्वाङ

पाँचथर । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वसन्तकुमार नेम्वाङले अधुरा योजना पूरा गर्न पुन: उम्मेद्वारी दिने बताएका छन् । प्रेस चौतारी पाँचथरले आयोजना गरेको दशैंको शुभकामना तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले यस्तो बताएका हुन् ।

उनले भने, ‘आफू मन्त्री रहदाँ बनेका ठुला, साना योजनाहरु पुरा गर्न बाँकि रहेकाले पार्टीले सर्वसहमतिले उमेद्वार बनाएको छ ।’ छोटो समयसम्म मन्त्री रहँदा देश भरिका योजना बनेको साथै केही सफल भएको, अन्य रहेका अधुरा योजना पुरा गर्ने लक्ष्य लिएको उनले बताए।

नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन् । नेम्वाङ जिल्लाको पहिलो चरणको चुनावि कार्यक्रममा व्यस्त रहेको छन् । शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष तथा प्रदेश (क) का सम्भावित उम्मेदवार राजकुमार भण्डारी तथा पत्रकार प्रतिनिधिले बोलेका थिए । समारोहमा प्रेस चौतारी नेपाल जिल्ला उपाध्यक्ष बिपुल अधिकारीले स्वागत गरेका थिए भने चौतारी अध्यक्ष रविन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया