सिस्ने गाउँपालिकामा ५० क्विन्टल बीउ माग

रुकुम पूर्व । सिस्ने गाउँपालिकामा यस वर्ष ५० क्विन्टल बीउ माग भएको छ । हिउँदे बाली लगाउने सिजन सुरु भएसंगै किसानले गाउँपालिकामा बीउ माग गरेका छन । गाउँपालिमा खाद्यान्न र तरकारीको उत्पादन बढाउन विगत केहि वर्ष देखि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा सिजन अनुसारको बीउ वितरण गर्दै आएको छ ।

यस वर्ष पनि बिउ मागका लागि गाउँपालिकाले १५ दिने सूचना जारी गरेको थियो । सोहि अनुसार किसानले ५० क्विन्टल बीउ मागको निवेदन दिएका कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारि दिए । वडा र पालिकाबाट बीउ मागको निवदेन संकलन भएको थियो । १५ दिनको अवधिमा ४० क्विन्टल गहुँ र १० क्विन्टल लसुनको बीउ माग भएको प्रमुख ओलीले बताए ।

गाउँपालिकाको ८० र सम्बन्धित किसानको २० प्र्रतिशत लगानीमा गाउँपालिकाले बीउ वितरण गर्न लागेको छ । २० प्रतिशत रकम सहित पाँच सय बढि कृषकले बीउ मागको निवेदन दिएका कृषि प्राविधिक शक्ति केसीले जानकारी दिए । सवैभन्दा बढि निवेदन गाउँपालिकाको केन्द्र रुकुमकोटबाट आएको केसीले बताए ।

किसानलाई तत्काल वितरण गर्न उन्नत जातको गहुँ र लसुनको बीउ खरिद प्रकृया अघि बढाइएको छ । कृषकले माग गरे अनुसार बीउ उपलब्ध गराउने कृषि शाखाको तयारि छ । बर्खे बाली भित्र्याएर हिउदे बाली लगाउने सिजन सुरु भएसँगै किसानको आवश्यकतालाई ध्यानमा राखि गाउँपालिकाले उन्नत जातको बीउ वितरण गर्न लागेको हो ।

खाद्यान्न र समलाको उत्पादन बढाई आत्मनिर्भर गाउँपालिका बनाउने उदेश्य सहित अनुदानमा किसानलाई बीउ वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । बर्सेनी एउटै बीउ छर्दा उत्पादन घटने तथ्यलाई ध्यानमा राखि उन्नत जातको बीउ वितरण गर्न लागिएको अध्यक्ष रेग्मीले बताए ।

प्रतिक्रिया