यसरी मनाइयो सुदूरपश्चिममा संविधान दिवस (फोटाे फिचर)

धनगढी । सोमबार सुदूरपश्चिम प्रदेशमा संविधान दिवस २०७९ मनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा मनाइएको संविधान दिवस कार्यक्रममा धनगढीको चौराहादेखि प्रभातफेरी गरी कभर्डहलमा सभामा परिणत भएको थियो । प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख, मन्त्री, कर्मचारी, स्थानीय जनतालगाएत उपस्थिति रहेको थियो । सभामा पञ्चेबाजा,थारु संस्कृति झल्किने सखिया र होरी नाच प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया