२५ बर्षपछि रारातालको सर्वेक्षण

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य राराको दोस्रो सर्वेक्षण कार्य शूरु गरिएको छ । राराको पहिलो सर्वेक्षण बिगत २५ बर्ष पहिला गरियको थियो जुन समय २०५४ सालमा हो । २५ बर्ष पछि दोस्रो पटक हाल पुन सर्वेक्षण कार्य सुरु भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । प्रथम सर्वेक्षणबमोजिम रारा तालको गहिराई १ सय ६७ मिटर, लम्बाई ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र कुल क्षेत्रफल १०.८ वर्ग किलोमिटर रहेको निकुञ्जका अधिकृत बद्रीविनोद दाहालले बताए । जल तथा मौसम विज्ञान विभागको आर्थिक सहयोगमा कार्ड इ–टु सर्भिस जेड जेभी प्रालिले राराको गहिराई, लम्बाई, चौडाइ क्षेत्रफल, तालको पानीको गुणस्तर शुद्धता तथा खोलानालाबाट तालमा मिसिने पानीको ल्यापटेष्ट कार्य सुरु गरिएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए ।

रारा सर्वेक्षणका लागि विभागबाट २ जना र प्रालिबाट ८ जना गरी १० जनाको टोली रारामा खटाईयको छ । तालको भू–भाग क्षेत्रफल मापनको निम्ति टोपोग्राफिक र गहिराई नाप्न प्रयोग गरिएको जनाइएको छ दोस्रो पटक गरिएको रारातालको सर्वेक्षणमा नयाँ(नयाँ प्रविधिद्वारा गरिएको छ । २०५४ सालपछि दोस्रो सर्वेक्षण कार्यले तालको गहिराई लम्बाई, चौडाइ र पानीको शुद्धता वास्तविक जानकारी हुने निकुञ्जको भनाइ छ । प्रालिले सर्वेक्षण पूरा गरिसकेपछि प्रतिवेदन तयारी गरी जल तथा मौसम विज्ञान विभागलाई बुझाउने भएको छ ।रारा राष्ट्रिय निकुञ्ज समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा अवस्थित छ ।

प्रतिक्रिया