मुगुमा १६ वर्षीया बालिकाको सामुहिक बलात्कार

मुगु । मुगुमा १६ वर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका–१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवकले सामुहिक बलात्कार गरेको आरोप छ ।

पीडितको उजुरीका अधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका–४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका– ३ रखुका स्थायी घर भई हाल छायाँनाथ रारा नगरपालिका– १४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ ।

एक आरोपी १३ वर्षीय बालकलाई भने कानूनअनुसार संरक्षकको जिम्मामा छाडेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

उनका अनुसार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि बिस्तृत अनुसन्धान भइरहेको छ ।– खड्क सुनार न्युज कारखाना

प्रतिक्रिया