धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका– ५ जाँईमा रामकिसुन चौधरीको खेतमा पाकेको राधा–४ धान काट्न सुरु गरिएको छ ।
रोपेको ९३ दिनमै पाकेको सो धान केही दिन यताको वर्षाले गर्दा काट्न ढिलाई भएको चौधरीले बताए । उनले भने, ‘करिब दुई हप्ता अगाडि नै काटिसक्नु पर्ने हो वर्षाले गर्दा अहिले काटिरहेका छौँ ।’
चौधरीले सुनाखरी बहुउद्देश्यीय कृषि फर्मको १ विगाहा ९ कठ्ठामा यो धान रोपेका छन् । धान काटेर सो जग्गामा तरकारी खेती गर्ने तयारी भइरहेको चौधरीको भनाइ छ ।
कैलाली
प्रतिक्रिया