दार्चुलाका बाढीपहिरो विस्थापितको व्यवस्थापन गर्न एकीकृत समाजवादी सुदूरपश्चिमको माग

धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटीले दार्चुलामा शुक्रबार रातीदेखि परेको अविरल बर्षाले आएको बाढी र पहिरोमा परी विस्थापित परिवारको उद्दार तथा राहतको तत्काल ब्यवस्थापनका लागि सरकारसँग माग गरेको छ ।

बाढी र पहिरोमा परी बिस्थापित परिवारजनको उद्दार तथा राहतको तत्काल उचित ब्यवस्थापन गर्न प्रदेश सरकार तथा संघीय सरकारसँग जोडदार माग गर्दछौं नेकपा ९एस०का प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्वारा शनिबार जारी प्रेस बिज्ञप्ती भनिएको छ ।

बिज्ञप्तीमा सो क्षेत्रमा उद्दार र राहतमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन पनि गरिएको छ ।

प्रतिक्रिया